सिमराका डीएसपीको जिम्मेवारी खोसियो
ratopati.com · Thu Aug 20 16:05:38 GMT 2026

काठमाडौँ। बारास्थित इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत डीएसपी दिलिप क्षेत्रीको जिम्मेवारी खोसिएको छ । उनलाई त्यहाँबाट सरुवा गरेर सिमरामा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ । आईजीपी दान बहादुर कार्कीले डीएसपीको काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
सिमरामा कार्यरत डीएसपी क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले रातोपाटीलाई बताए । सिमरामा पठाइएका भट्ट प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।
Read full story at source (ratopati.com)