१६ हजार घुस रकमसहित वन अधिकृत पक्राउ
annapurnapost.com · Thu Aug 20 16:16:34 GMT 2026

उदयपुर : डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत वन अधिकृत घुस रकमसहित पक्राउ परेका छन्। बिहिबार सेवाग्राहीसँग १६ हजार २५० रुपैँया घुस लिँदै गरेको अवस्थामा सूचना अधिकारी समेत रहेका सातौँ तहका वन अधिकृत भुवन पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट आएको टोलीले पक्राउ गरेको हो।
पौडेलले एक सामुदायिक वन उपभोक्ता समूहसँग सहज रूपमा काम गराइदिने भन्दै घुस लिएको अनुसन्धानका क्रममा खुलेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले अख्तियारको टोलीले वन अधिकृत पौडेललाई नगदसहित पक्राउ गरेको जानकारी दिए।
Read full story at source (annapurnapost.com)