‘यातायात क्षेत्र सुधार्न यात्रुलाई मिठो बोली र सफा खाना खुवाउनुपर्छ’
himalpress.com · Sun May 17 01:07:25 GMT 2026

काठमाडौँ- यातायात व्यवसायीहरूले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार्नका लागि यात्रुलाई मिठो बोली र सफा खाना खुवाउनुपर्ने बताएका छन्। नेपाल माइक्रो तथा बस कम्पनी प्रालिले वैशाख २७ देखि ३० गतेसम्म पोखरामा सम्पन्न सातौँ महाधिवेशनमा निर्वाचित कार्यसमितिको सम्मानमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले बानी र व्यवहारले नेपालको सार्वजनिक क्षेत्र सुधार हुने बताएका हुन्।
कार्यक्रममा महासङ्घका निवर्तमान अध्यक्ष विजयबहादुर स्वाँरले आफ्नो चारवर्षे कार्यकालमा नेपालको सार्वजनिक क्षेत्रमा धेरै सुधारका कामहरू भएको बताए । “गोदावरी महाधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्ष चुनिएपछि मैले महासङ्घलाई उचाइमा पुर्याउन सबैको साथ माया पाएँ,” उनले भने।
Read full story at source (himalpress.com)