मोरङबाट खैरो हेरोइन सहित दुई जना पक्राउ
ratopati.com · Thu Aug 20 17:00:35 GMT 2026

काठमाडौँ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोबाट खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दर हरैंचा नगरपालिका–१ घर भएका ३२ वर्षीय ध्रुवप्रसाद रिजाल र सोही नगरपालिकाको वडा नम्बर–९ घर भएका ३१ वर्षीय नरेश भट्टराई छन् ।
लागुऔषध नियन्त्रण ब्युरोको विराटनगर शाखाबाट खटिएको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो । आरोपीहरूको साथबाट ३४ ग्राम ६४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी जीवन निरौलाले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)