चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका 'बन्दिपुर'
nepalviews.com · Wed Jul 01 06:23:42 GMT 2026

गोरखा । छेकम गाउँमा गहुँ, फापर, आलु भित्र्याउने चटारोदेखि घर बनाउने, काठ बोक्न वा ढुङ्गा फुटाउन गाउँलेहरूले सम्झने एउटै नाम हो, ‘बन्दिपुर’ । ‘ओइ बन्दी, बन्दे, बन्दिपुर’, केटाकेटीदेखि बूढाबूढीसम्म सबैको प्रिय नाम हो ‘बन्दिपुर’ । कोही कसैले बन्दिपुर भन्ने मेसो नपाएर, ‘ओइ कान्तिपुर’ पनि भन्ने गर्छन् ।
“मेरो त नामै बन्दिपुर भइसक्यो, कहिलेकहीँ म आफैँ पनि आफ्नो वास्तविक नाम भुल्छु । कसैले के हो भनेर सोध्दा, म बन्दिपुर भन्न जान्छु”, विगत १० वर्षदेखि चुमभ्यालीमा हराइरहेका सुमन थापामगरले भने । घर तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–८ जालभञ्ज्याङ बताउने उनी १४–१५ वर्षदेखि गोरखाको हिमालपारिको गाउँमा गुमनाम छन् । केही वर्षदेखि चुमनुब्री गाउँपालिका–७ को छेकम गाउँमा बस्दै आएका उनी चुमभ्यालीमा प्रवेश गरेको भने १० वर्ष भयो । त्यसअघि उनी चुमनुब्री–३ फिलिम गाउँमा करिब पाँच वर्ष बसेका थिए ।
Read full story at source (nepalviews.com)