बागमती सरकारमा केसीको दोस्रो इनिङ
ratopati.com · Thu Aug 20 18:00:53 GMT 2026

काठमाडाैँ । एक वर्ष कार्यकाल बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालय सम्हालेका भरत बहादुर केसी पुनः मन्त्री नियुक्त भएका छन् । गत २०८२ साउनमा गठित इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा वन मन्त्रालय चलाएका उनी पुनः दोस्रो कार्यकालका लागि मन्त्री भएका छन् ।
बिहीबार मुख्यमन्त्री किरण थापा मगरको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई मन्त्री नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन् । केसीलाई प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
Read full story at source (ratopati.com)