स्ववियु खारेजविरुद्ध १० विद्यार्थी संगठन आन्दोलित
annapurnapost.com · Wed Jul 01 06:23:37 GMT 2026

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना आंगिक क्याम्पसहरूलाई विद्यार्थी संगठनका सबै संरचना हटाउन निर्देशन दिएपछि १० विद्यार्थी संगठन र त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विरोधमा उत्रिएका छन्।
उनीहरूले सरकार र विश्वविद्यालयको यो कदम सर्वोच्च अदालतको अन्तरिम आदेशको अवहेलना भएको दाबी गर्दै निर्णय तत्काल फिर्ता नलिए कानुनी, राजनीतिक र आन्दोलनका सबै लोकतान्त्रिक माध्यमबाट प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
Read full story at source (annapurnapost.com)