अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्दै, औषधि मूल्य समायोजनबारे निर्णय हुने
ratopati.com · Wed Jul 01 06:35:06 GMT 2026

काठमाडौँ । औषधि परामर्श परिषद्को बैठक अर्को हप्ता बस्नेगरी तयारी तीव्र पारिएको छ । बैठक बस्नुपूर्व स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयका अधिकारीहरूसँग आन्तरिक छलफल गर्न लागेकी छिन् । बैठक अर्को हप्ता बस्नेछ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले पूर्व तयारी स्वरूप आन्तरिक छलफल भइरहेको बताए ।
डा.अधिकारीले भने, ‘मन्त्री ज्यूले औषधि परामर्श परिषद्को बैठकलाई प्राथमिकतामा राख्नुभएको छ । अब आज भोलि छिट्टै बैठकको मिति तय हुन्छ । सम्भवतः अर्को हप्ता बैठकभित्र बैठक बस्छ ।’ यसअघि स्वास्थ्य मन्त्री मेहताले गत असार ३ गते संसद् बैठकमा बोल्दै एक हप्ताभित्र परामर्श परिषद्को बैठक बस्ने बताएकी थिइन् ।
Read full story at source (ratopati.com)