पासपोर्टको अन्योल सकियो, जर्मन कम्पनीहरूले नै छाप्ने
onlinekhabar.com · Wed Jul 01 06:51:58 GMT 2026

१७ असार, काठमाडौं । केही दिनदेखिको अन्योलपछि अन्ततः दुई जर्मन कम्पनीहरूले नै पासपोर्ट छापेर नेपाललाई हस्तान्तरण गर्ने भएका छन् ।
विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि छापिएका पासपोर्टहरूको स्टक सकिएको थियो । अन्ततः परराष्ट्र मन्त्रालयले दुई जर्मन कम्पनीहरू म्यूलबैर र भेरिडोजले नै छाप्ने निश्चित गरेको हो । ‘अहिले रहेको करिब ५० हजार पासपोर्टको स्टक सकिनासाथ नयाँ ठेक्का पाएका कम्पनीहरूले पासपोर्ट छाप्न थाल्नेछन्’, परराष्ट्र मन्त्रालयका एक उच्चपदस्थ अधिकारीले भने, ‘त्यतिञ्जेलसम्म अहिले विशेष अदालतमा चलिरहेको मुद्दाले पासपोर्ट ठेक्का फरक नपर्नेगरी काम अघि बढाउने सहमति भएको छ ।’
Read full story at source (onlinekhabar.com)