यस्तो छ थापा नेतृत्वको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय
lokaantar.com

बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्का बैठकलाई पूर्ण रूपमा कागजरहित बनाउँदै ‘इ-क्याबिनेट’ प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री किरण थापामगरको अध्यक्षतामा बिहीबार बसेको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले निर्णय प्रक्रियालाई द्रुत, चुस्त र पारदर्शी बनाउन उक्त निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले इ-क्याबिनेटसम्बन्धी कार्यविधि तयार गरी १५ दिनभित्र मन्त्रिपरिषद्मा पेस गरिने जानकारी दिए ।
Read full story at source (lokaantar.com)