भक्तपुरका किरण थापा : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म
lokaantar.com

बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका किरण थापा मगरको जन्म भक्तपुरको सूर्यविनायक–८ सिपाडोलमा २०३३ साल भदौ १४ गते भएको हो । पिता भैरवबहादुर थापा मगर र माता ललिता थापा मगरका सन्तानका रूपमा सामान्य परिवारमा उनको जन्म भएको थियो ।
प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका उनी सानैदेखि सामाजिक गतिविधिमा चासो राख्दै आएको बताउँछन् । विसं २०४७ देखि उनी निरन्तर राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आएका थिए ।
Read full story at source (lokaantar.com)