क्यान्सर जितेर सक्रिय
nagariknews.nagariknetwork.com · Fri Aug 21 00:28:09 GMT 2026

अहिले पनि धेरैजसोको बुझाइ छ– क्यान्सर लागिसकेपछि जीवन सकिन्छ तर समयमै क्यान्सरको पहिचान र उपचार भए नयाँ र लामो जीवन सम्भव हुन्छ भनेर काठमाडौं तारकेश्वरका ४४ वर्षीय वासुदेव लामिछानेको जीवनले पुष्टि गरेको छ। लामिछाने ३३ वर्षका थिए। उनले दुबईमा आठ वर्ष रोजगारी गरे। त्यही क्रममा दिसाबाट रगत जाने र दिसा राम्रोसँग नहुने समस्या देखियो। उनी स्वदेश फर्किए। पायल्स भएको ठानेर उनी उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज पुगे।
परीक्षण गर्दा उनको मलाशयमा ट्युमर पलाएको पत्ता लाग्यो। त्यसपछि उनी भक्तपुर क्यान्सर अस्पताल पुगे। अस्पताल पुगेको एक सातामै अन्कोसर्जन डा. पुण्य खरबुजाको समूहले उनको शल्यक्रिया गर्यो। त्यसपछि लगातार आठ महिनासम्म किमोथेरापी र रेडियोथेरापी गरेपछि उनको शरीरबाट क्यान्सर नष्ट भयो।
Read full story at source (nagariknews.nagariknetwork.com)