टप एन्ड टी–२० : पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग भिड्दै नेपाल
khabarhub.com · Fri Aug 21 00:53:07 GMT 2026
काठमाडौँ – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज आयोजक एनटी स्ट्राइकको सामना गर्दैछ। यो खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे सुरु हुँदैछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले अनिल शाहको कप्तानीमा १५ सदस्यीय नेपाल ‘ए’ टोली अस्ट्रेलिया पठाएको छ। टोलीमा कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, रासिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन्।
Read full story at source (khabarhub.com)