बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
khabarhub.com · Fri Aug 21 00:56:11 GMT 2026

बाँके – बाँकेमा एक महिनाको अवधिमा ३६ वटा आर्थिक अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैंकिङ कसुरका १९, ठगीका १४, सहकारी रकम हिनामिना एक तथा नेपाल राष्ट्र बैंकअन्तर्गतका कसुरका दुई मुद्दा रहेका छन् ।
यस्तै, अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ कुल १४४ मुद्दा दर्ता भएका छन् । तीमध्ये जघन्य तथा गम्भीर अपराधका नौ मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए । उनका अनुसार सामान्य अपराधका ८४ तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकसम्बन्धी १५ मुद्दा दर्ता भएका छन् ।
Read full story at source (khabarhub.com)