सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : सभापति थापा
nagariknews.nagariknetwork.com · Fri Aug 21 00:43:07 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले आफूले बोल्ने हरेक शब्द र गर्ने हरेक निर्णयप्रति गम्भीर हुनुपर्ने बताएका छन्।
‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण तथा नन्दप्रसाद–जानुका स्मृति सम्मान समर्पण समारोहमा बिहीबार सभापति थापाले संसद्को गरिमा र सांसदको जिम्मेवारीप्रति सम्बन्धित सबै सजग हुनुपर्ने उल्लेख गरे। सभापति थापाले नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न नसक्ने बताउँदै अब नेपालमा राजनीतिक ‘एड्भेन्चर’ नचाहिएको उल्लेख गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाँच वर्षका लागि सरकार चलाउन जनताबाट ‘म्यान्डेट’ लिएर आएकाले पाँच वर्षसम्म काम गर्ने अवसर दिनुपर्ने भनाइ राखे।
Read full story at source (nagariknews.nagariknetwork.com)