पूर्वाधार विकास कार्यालयमा कर्मचारी भेट्दै मुस्किल (तस्बिरहरूसहित)
ratopati.com · Fri Aug 21 01:12:21 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी कामकाज चुस्तदुरुस्त बनाउन कर्मचारीहरूलाई आचरण, व्यवहार सुधार, सेवाग्राहीमैत्री हुन तथा कार्यालय समयमा कर्मचारीहरू सम्बन्धित कार्यालयभित्रै बस्नुपर्ने लगायतका निर्देशन दिँदै आएको छ । त्यसै अनुरुप कार्य गर्न मन्त्रालय, निर्देशनालयहरूले बारम्बार परिपत्रसमेत गर्दै आएका छन् ।
बिहीबार राजधानी जनकपुरमा रहेको पूर्वाधार विकास कार्यालयमा भने त्यसविपरीतको अवस्था देखियो । १२ बजेर ४५ मिनेटमा सो कार्यालयमा ३ जना बाहेक अन्य कर्मचारी देखिएनन् । कार्यालय परिसरमा सर्वसाधारण बस्न बनाइएको टहरामा २/३ जना बसेको देखिए पनि कार्यालय सुनसान अवस्थामा थियो ।
Read full story at source (ratopati.com)