कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु
shilapatra.com · Sun May 17 01:54:00 GMT 2026

कैलालीकाे घोडाघोडी नगरपालिका–१० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएकाे छ । नदीमा डुबेर स्थानीय भद्र बमका ९ वर्षीय छोरा सुशील बमकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।
Read full story at source (shilapatra.com)