नेष्डो लघुवित्तको आईपीओ बाँडफाँट
mahendranagarpost.com · Tue Mar 08 08:14:55 GMT 2022
काठमाडाैँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले आज आईपीओ बाँडफाँटको गरेको हो।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा आवेदन गरेकामध्ये ७७ हजार ४५६ जनाले दश कित्ताका दरले शेयर पाएका छन् । ती मध्ये ३ जनाले थप एक एक कित्ता शेयर पाएका छन् ।
लघुवित्तले फागुन ११ गतेदेखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रूपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता सेयर निष्कासन गरेको थियो।
त्यसमध्ये १२ हजार ७५० कित्ता सेयर कर्मचारीलाई र ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणलाई छुट्याईएको थियो। पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदक परेको थियो। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार सेयर वितरण गरेको हो।
Read full story at source (mahendranagarpost.com)