तीन वर्षीया बालिका ह*त्या प्रकरण : मध्यरातमा पाँच बुँदे सहमति, विरोधका कार्यक्रम स्थगित
nagariknews.nagariknetwork.com · Fri Aug 21 01:52:18 GMT 2026

जीतपुरसिमरा उप-महानगरपालिका वडा नं. १ निवासी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर विरोधमा उत्रेका पीडित पक्ष र प्रशासनबिच मध्यरातमा ५ बुँदे सहमति भएको छ। सहमतिपछि विरोधका सबै कार्यक्रम फिर्ता लिइएको छ।
भदौ २ गते घटेको उक्त घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र जिल्ला सुरक्षा समिति, बाराबिच गएराति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा वार्ता भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)