अख्तियारलाई ‘सरकारको छाँया’ बनाइयो
annapurnapost.com · Fri Aug 21 01:54:10 GMT 2026

काठमाडौं : संवैधानिक अंगका रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको छाया बनाउन खोजिएको भन्दै संसदीय समितिमा गम्भीर प्रश्न उठेको छ। अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीका सल्लाहकारहरूले सिंहदरबार बोलाएर दबाब दिएको भन्दै बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले कडा आपत्ति जनाएका छन्।
बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको स्वीकार गरे। राहदानी प्रकरणमा प्रधानमन्त्रीले अनुसन्धानको प्रगति बुझ्न वा छलफल गर्न बोलाएपछि जानु स्वाभाविक प्रक्रिया भएको स्पष्टोक्ति उनले दिए। प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबार बोलाएर राहदानी प्रकरणमा अनुसन्धान गर्न दबाब दिएको विषय बैठकमा पेचिलो बनेको थियो। प्रमुख आयुक्त राईले छलफलपछि प्रक्रियालाई द्रुत गतिमा अघि बढाइ तथ्य र कैफियतका आधारमा अभियोगपत्र तयार पारेर अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए।
Read full story at source (annapurnapost.com)