राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज, के छ कार्यसूची ?
nepalviews.com · Fri Aug 21 02:17:19 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’मा बस्दै छ। महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका विभिन्न दस्तावेज, साङ्गठनिक व्यवस्थापन, मनोनयन, योजना, कार्यक्रम र अभियानसम्बन्धी विषयहरूमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ।
पार्टीका दस्तावेजअन्तर्गत मुख्य रूपमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ लाई अनुमोदन गर्ने र ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेजको निर्माण गर्ने सम्बन्धमा छलफल हुनेछ। यसैगरी साङ्गठनिक व्यवस्थापन तथा मनोनयनतर्फ केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभिन्न विभागका प्रमुखहरू तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिमा सदस्यहरू मनोनयन गर्ने एजेन्डा राखिएको छ।
Read full story at source (nepalviews.com)