चार वर्षीया दिदी भाइ ल्याउने बाटो हेरिरहेकी थिइन्, तर भाइसहित १० शिशु आगलागीमा परे
ratopati.com
एजेन्सी । भारतको महाराष्ट्रको भण्डारा जिल्ला वरिपरिका १० गाउँ अहिले शोकमा डुबेका छन् । ती गाउँका १० परिवार जसले आफ्ना बच्चा गुमाए, जसले गर्दा उनीहरु आँसु र शोकमा डुबेका छन् । शुक्रबार राती अबेर जिल्ला अस्पतालको बिरामी नवजात केयर युनिट(एसएनसीयू) मा एक्कासि आगलागी हुँदा १० नवजात शिशुको जलेर मृत्यु भयो । अगालागी विद्युत सर्किट सर्ट भएर लागेको जनाइएको छ । अस्पतालको सो युनिटमा १७ नवजात शिशु राखिएको थियो, जसमा सात शिशुको भने सकुशल उद्दार गरिएको छ ।
जिल्लाको श्रीनगर गाउँ निवासी विकेश शिवदास एक मजदूर हुन् । अस्पतालमा आगलागी हुनुभन्दा ९ घण्टाअघि उनकी श्रीमती योगिताले शुक्रबार दिउँसो छोरो जन्माएकी थिइन् । बच्चाको तौल घटेका कारण परिवारलाई उनलाई जिल्ला अस्पताल पुर्याएर र एसएनसीयूमा भर्ना गरे । योगिताले आफ्नो बच्चालाई राम्रोसँग देख्न पनि पाएकी थिइनन् । अब उनको छोरा यति टाढा पुग्यो कि अब उ कहिल्यै फर्केर आउँदैन ।
Read full story at source (ratopati.com)