पहिलोपटक प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट
baahrakhari.com · Fri Aug 21 02:42:17 GMT 2026

कालीकोट । कालीकोटको पचालझरना गाउँपालिकाले विद्यालयको शैक्षिक नेतृत्व सुधार गर्ने उद्देश्यले खुला प्रतिस्पर्धाबाट पहिलोपटक १५ विद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ । स्थायी शिक्षकबाट आवेदन माग गरी निर्धारित मापदण्डका आधारमा प्रधानाध्यापक छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले शिक्षा नियमावली, २०५९ को दसौँ संशोधन (२०८३) तथा ‘प्रधानाध्यापक व्यवस्थापन, शिक्षक सरुवा तथा कामकाजसम्बन्धी कार्यविधि, २०८३’ अनुसार प्रधानाध्यापक पदपूर्तिको प्रक्रिया अघि बढाएको हो । गत साउन १८ गते योग्यता पुगेका स्थायी शिक्षकबाट आवेदन माग गरिएकोमा १६ जनाको दरखास्त स्वीकृत भएको थियो ।
Read full story at source (baahrakhari.com)