'लुफर'ले सखाप पार्यो भद्रपुरका चियाबगान : किसान र उद्योग दुवै संकटमा
lokaantar.com

कुनै समय झापाको भद्रपुर नगरपालिका (साविक पृथ्वीनगर क्षेत्र) पुग्दा आँखाले भ्याएसम्म हरिया चियाका बुट्टाहरू देखिन्थे । चियाका कलिला मुना टिप्न व्यस्त मजदुर र किसानका अनुहारमा एउटा चमक हुन्थ्यो । तर, आज समय फेरिएको छ । ती हरियालीले ढाकिनुपर्ने बगानहरू अहिले डढेलो लागेको वनजस्तै उजाड देखिन्छन् ।
बगानमा अहिले मुना होइन, बोटैपिच्छे सलबलाइरहेका ‘लुफर’ कीराहरूको राज छ । यी घातक कीराले चियाका कलिला मुना मात्र होइन, पात र बोक्रासमेत खाएर बगानलाई कङ्काल बनाइदिएका छन् । झापाका साना किसानहरू अहिले आफ्नो भविष्य र जीविकोपार्जनलाई लिएर रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् ।
Read full story at source (lokaantar.com)