सबालेन्कालाई झट्का
annapurnapost.com · Fri Aug 21 02:55:41 GMT 2026
एजेन्सी /सिनसिनाटी : वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन सुरु हुन केही दिन मात्र बाँकी रहँदा विश्व नम्बर एक आर्यना सबालेन्काको तयारीका रुपमा हेरिएको सिनसिनाटी ओपनले सुखद नतिजा दिन सकेन। उपाधिको प्रमुख दाबेदारका रूपमा प्रतियोगितामा प्रवेश गरेकी बेलारुसकी सबालेन्का अन्तिम १६ मै अप्रत्याशित रूपमा पराजित भइन्।
शीर्ष वरीयताकी सबालेन्कालाई चेक गणतन्त्रकी युवा खेलाडी सारा बेजलेकले ७–६(७), ६–४ को सोझो सेटमा पराजित गरेकी थिइन्। बेजलेकका लागि यो जित करियरकै महत्वपूर्णमध्ये एक बनेको छ। विश्वका शीर्ष १० खेलाडीविरुद्ध उनको यो पहिलो जित हो भने सिनसिनाटीमा पहिलो पटक क्वार्टरफाइनल प्रवेश गर्ने सफलता पनि यही जितसँगै प्राप्त भएको छ।
Read full story at source (annapurnapost.com)