विश्व हाप्किडो च्याम्पियनसिप खेल्ने नेपाली टोली कोरिया प्रस्थान
ratopati.com · Fri Aug 21 03:16:37 GMT 2026
काठमाडौँ । ११औं विश्व हाप्किडो च्याम्पियनसिपमा खेल्ने नेपाली टोली बिहीबार दक्षिण कोरिया प्रस्थान गरेको छ । अगस्ट २२ तारिखमा हुने प्रतियोगितामा २ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष ८०–८४ केजीमा दीपक छन्त्याल तथा महिला ४८–५२ केजीमा मेग्मा गुरुङले प्रतिस्पर्धा गर्ने छन् । थाइल्यान्डमा भएको गत संस्करणमा मेग्माले रजत जितेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् । हाप्किडोको विश्व च्याम्पियनसिप २ वर्षको अन्तरालमा हुने गरेको छ ।
Read full story at source (ratopati.com)