चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारको केएमसीमा निःशुल्क उपचार
swasthyakhabar.com · Fri Aug 21 04:24:17 GMT 2026

काठमाडौं- चार वर्षदेखि पाइल्सको समस्याबाट पीडित कालिकोटका ६ वर्षीय पर्वत परियारको काठमाडौं मेडिकल कलेज (केएमसी)मा निःशुल्क उपचार सुरु भएको छ। आर्थिक अभावका कारण उपचारका लागि अस्पतालसम्म पुग्न नसकेका पर्वतलाई कांग्रेस नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माको पहलमा काठमाडौं ल्याएर उपचार सुरु गरिएको हो।
कालिकोटको खाँडाचक्र नगरपालिका–२ का पर्वतको जिल्ला अस्पतालमा उपचारका क्रममा अवस्था गम्भीर देखिएको थियो। चिकित्सकले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान सुझाएका थिए। क्यान्सरको आशंकासमेत गरिएपछि थप परीक्षण आवश्यक रहेको चिकित्सकको भनाइ थियो।
Read full story at source (swasthyakhabar.com)