कांग्रेस विवाद अदालतले निरूपण गर्ने विषय होइन, फरक विचार बोकेर सानेपा आउनुहोस् : पौडेल
lokaantar.com

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक असन्तुष्टि र विवादलाई अदालत वा सडकमा नलगी पार्टी कार्यालय सानेपामा बसेर संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कांग्रेस केवल एउटा राजनीतिक दल मात्र नभई आम जनताको भरोसा र लोकतान्त्रिक अभियान भएको उल्लेख गरेका छन्।
मुलुक अहिले एक विशिष्ट र चुनौतीपूर्ण मोडमा उभिएको बताउँदै महामन्त्री पौडेलले युवाहरूले शान्तिपूर्ण रूपमा आफ्ना भावना राख्न खोज्दा उत्पन्न परिस्थितिप्रति गम्भीर बन्नुपर्ने बताएका छन्। उनले भनेका छन्, 'मुलुकले हामीबाट एकता र अभिभावकत्व खोजिरहेका बेला हामी आफैंभित्रको बेमेल र असन्तुष्टिले थिचिएका छौं। समयमै गल्ती सच्याएनौँ भने इतिहासले हामीलाई क्षमा दिने छैन।'
Read full story at source (lokaantar.com)