ल्यान्डफिलमा भेटियो दुई महिनादेखि हराइरहेका १५ वर्षीय किशोरको शव
newsofnepal.com · Fri Aug 21 05:04:00 GMT 2026

अमेरिकाको लुइजियाना राज्यमा दुई महिनादेखि हराइरहेका १५ वर्षीय किशोरको शव ठूलो फोहोर व्यवस्थापन केन्द्रबाट बरामद भएको छ। जुन ५ देखि हराइरहेका किशोरको शव अगस्ट १८ मा फेला परेको थियो। डीएनए परीक्षणपछि शव उनकै भएको पुष्टि गरिएको हो।
प्रहरीका अनुसार किशोरको हत्या भएको आशंकामा ५१ वर्षीय एक व्यक्तिलाई यसअघि नै पक्राउ गरिएको थियो। अनुसन्धानका क्रममा किशोरको शव फोहोरको कन्टेनरमा राखेर फोहोर व्यवस्थापन केन्द्रमा पुर्याइएको हुनसक्ने खुलेपछि प्रहरीले त्यहाँ व्यापक खोजी अभियान सञ्चालन गरेको थियो।
Read full story at source (newsofnepal.com)