गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण
kendrabindu.com · Sun May 17 02:21:45 GMT 2026

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख छ । अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखापरीक्षकको कार्यालयको ६३औँ प्रतिवेदनको सारांशमा लेखिएको छ ।
संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिइएको छ । संस्थानमा रहेको जग्गामध्ये धनुषा जिल्लामा ४३.५ बिघा, महोत्तरीमा १२२ बिघा, बारामा २७ बिघा, पर्सामा सात बिघा तथा काठमाडौँमा १४ रोपनी, ललितपुरमा १२ रोपनी र भक्तपुरमा दुई रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।
Read full story at source (kendrabindu.com)