आयुर्वेद परिषद्को रजिस्ट्रारको जिम्मेवारी डा. अर्याललाई
onlinekhabar.com · Fri Aug 21 06:06:51 GMT 2026

५ भदौं, काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा. हरि शरण अर्याल नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
डा.अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गरेका छन् । एमडीमा उनले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका छन् ।
Read full story at source (onlinekhabar.com)