भृकुटीमण्डपलाई नागरिकमैत्री सार्वजनिक केन्द्र बनाउने तयारी
khabarhub.com · Fri Aug 21 06:07:40 GMT 2026

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले भृकुटीमण्डपलाई व्यवस्थित, सुरक्षित, स्वच्छ, हरित, समावेशी तथा नागरिकमैत्री सार्वजनिक केन्द्रका रूपमा विकास गर्न आवश्यक अध्ययन अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
मन्त्री बादीले आज भृकुटीमण्डप परिसरमा सञ्चालन भइरहेका विभिन्न गतिविधि तथा संरचनाको निरीक्षण गर्दै खसी तथा तरकारी बजार, गार्डेन हल, विभिन्न स्टल, प्रदर्शनी तथा व्यापारिक क्षेत्र, खुला तथा हरित क्षेत्र, पार्किङ, सरसफाइ, सार्वजनिक शौचालय र पैदल आवागमन क्षेत्रको अवस्थाबारे जानकारी लिएकी हुन् ।
Read full story at source (khabarhub.com)