कांग्रेस : संकटभित्रको सम्भावना
annapurnapost.com · Fri Aug 21 06:09:31 GMT 2026

आज कांग्रेसको सबैभन्दा ठूलो राजनीतिक संघर्ष अरूसँग मात्र होइन, आफ्नै कमजोरीसँग हो।
नेपाली कांग्रेस आज एउटा सामान्य संगठनात्मक विवादको अवस्थामा छैन। यो पार्टीको राजनीतिक दिशा, नेतृत्व संस्कार, वैचारिक स्पष्टता, संगठनात्मक संरचना र पुस्तान्तरणसँग जोडिएको गम्भीर मोड हो। नेपालको लोकतान्त्रिक यात्रामा निर्णायक भूमिका निर्वाह गरेको कांग्रेससँग इतिहास, संगठन र राजनीतिक वैधताको ठूलो पुँजी छ। तर इतिहासको गौरवले वर्तमानको राजनीतिक आवश्यकता स्वतः पूरा गर्दैन।
Read full story at source (annapurnapost.com)