बिग्रँदो स्वास्थ्य अवस्थाबीच इमरान खानलाई जेलबाट निजी अस्पताल सारियो
onlinekhabar.com · Fri Aug 21 06:16:04 GMT 2026

६ भदौ, काठमाडौं । पाकिस्तान क्रिकेटका विश्वविजेता पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशपछि जेलबाट इस्लामाबादस्थित निजी अस्पतालमा सारिएको छ ।
७३ वर्षीय इमरानलाई शुक्रबार बिहान कडा सुरक्षा व्यवस्थाबीच आदियाला जेलबाट शिफा इन्टरनेसनल अस्पताल लगिएको हो । पाकिस्तानको सर्वोच्च अदालतले उनको बिग्रँदै गएको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै बहुविषयगत चिकित्सक टोलीबाट परीक्षण र उपचार गराउन आदेश दिएको थियो ।
Read full story at source (onlinekhabar.com)