बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ
annapurnapost.com · Wed Jul 01 07:40:17 GMT 2026

काठमाडौं : बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१३ छाउनी बस्ने संखुवासभा मादी नगरपालिका-६ पुलुङ घर भएका ३६ वर्षीय लाल बहादुर भुझेललाई पक्राउ गरिएको हो।
उच्च अदालत विराटनगरको २०८० साउन १६ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो ।
Read full story at source (annapurnapost.com)