निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
gorkhapatraonline.com · Fri Aug 21 07:01:54 GMT 2026

निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ देखि १ बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपिडी सेवा सञ्चालन गर्न लागेको छ ।
विशेष ओपिडी सेवामा इन्टरनल मेडिसिन, फेमिली मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, नाक–कान तथा घाँटी रोग (इएनटी), रेडियोलोजी र प्याथोलोजी लगायतका सेवा प्राप्त हुनेछ । अस्पतालकी सूचना अधिकारी श्रीरञ्जना नेपालका अनुसार आगामी दिनमा त्यसमा थप विशिष्टीकृत सेवा थप गरिनेछन् ।
Read full story at source (gorkhapatraonline.com)