जग्गा रजिस्ट्रेसन पास नभए पनि थैली बुझिसकेको लिखत 'कपाली' सरह सदर हुने
ratopati.com · Fri Aug 21 07:22:16 GMT 2026

काठमाडौँ । जग्गा खरिद–बिक्रीका लागि मञ्जुर भई लिखत तयार भइसकेको तर मालपोत कार्यालयबाट रजिस्ट्रेसन पास हुन नसकेको अवस्थामा पनि उक्त लिखतमा उल्लेखित लेनदेनलाई कानुनी मान्यता दिने सर्वोच्च अदालतले नयाँ नजिर कायम गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले राजु प्रसाद यादव विरुद्ध मिरा कुमारी यादव संलग्न लेनदेन मुद्दामा उक्त फैसला गरेको हो । अदालतले जग्गा रजिस्ट्रेसनको प्रक्रिया पुरा नभए पनि विक्रेताले थैली रकम बुझिसकेको स्वीकार गरी सहीछाप गरेको लिखतलाई 'कपाली' (ऋण) सरह मानेर सावाँ–ब्याज भराउने फैसला गरेको छ ।
Read full story at source (ratopati.com)