जल, खाद्य, ऊर्जा तथा विपद उत्थानका लागि अघि बढौँः मन्त्री श्रेष्ठ
gorkhapatraonline.com · Fri Aug 21 07:53:29 GMT 2026

जल, खाद्य, ऊर्जा तथा विपद उत्थानशीलताका क्षेत्रमा तत्काल पूर्वतयारीका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले आज ‘सुपर एल निनो र जलवायु जोखिमः नेपालमा जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा पर्ने प्रभाव’ विषयक राष्ट्रिय गोष्ठीको उदघाटन समारोहलाई सम्बोधन गर्दै ‘सुपर एल निनो’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको हो ।
गोष्ठी जल तथा ऊर्जा आयोगको सचिवालय र जल तथा मौसम विज्ञान विभाग को संयुक्त आयोजनामा ललितपुरमा आयोजना गरिएको हो । मन्त्री श्रेष्ठले एल निनो सम्बन्धी पछिल्लो पूर्वानुमानमा अत्यधिक बलियो एल निनोको सम्भावना बढेको भन्दै एल निनोको प्रभावका कारण नेपालमा वर्षा, तापक्रम, जलविद्युत उत्पादन, सिँचाइ तथा खाद्य उत्पादनमा पर्नसक्ने असरलाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)