एउटै नम्बरमा अर्को सेवा प्रदायक छान्न मिल्ने व्यवस्था प्रस्ताव
baahrakhari.com · Fri Aug 21 07:52:00 GMT 2026

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत दूरसञ्चार नीति, २०८३ को मस्यौदा तयार गरेको छ । प्राधिकरणले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै सेवा सस्तो, गुणस्तरीय, सुरक्षित र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राखेको छ ।
मस्यौदाले आगामी पाँच वर्षमा कम्तीमा ५० मेगाबिट प्रतिसेकेन्ड क्षमताको ब्रोडब्यान्डसहितको दूरसञ्चार सेवा ८० प्रतिशत जनसंख्यामा र १० वर्षमा ९८ प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य राखेको छ ।
Read full story at source (baahrakhari.com)