केन्यामा रहस्यमय रोगले हात्ती मर्न थालेपछि चिन्ता
gorkhapatraonline.com · Fri Aug 21 08:15:32 GMT 2026

दक्षिणी केन्यामा अज्ञात रोगका कारण जुन यता कम्तीमा २० वटा हात्ती मरेपछि वन्यजन्तु संरक्षणकर्मी र स्थानीय समुदाय चिन्तित बनेका छन् । अधिकांश हात्तीमा आंशिक पक्षाघातसहित समान लक्षण देखिए पनि मृत्युको वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन ।
किमाना क्षेत्रमा मङ्गलबार ११ वर्षीय भाले हात्ती ‘चङ्गेज खान’ पनि बिरामी अवस्थामा भेटिएको थियो । उठ्न नसक्ने र सास फेर्न कठिनाइ भइरहेको अवस्थामा पशुचिकित्सकले ग्लुकोजको इन्जेक्सन दिए पनि उसको मृत्यु भयो । केन्या वन्यजन्तु सेवा (केडब्लुएस)ले जुलाईको अन्त्यमा हात्तीका शवमा साइनाइडको उच्च मात्रा भेटिएको जनाएको थियो । त्यसका आधारमा नजिकका खेतमा प्रयोग हुने कीटनाशकबाट विषाक्तता भएको हुन सक्ने आशङ्का गरिएको थियो ।
Read full story at source (gorkhapatraonline.com)