बालिकाको बलात्कारपछि हत्या प्रकरण : न्याय माग्दै माइतीघरमा प्रदर्शन
annapurnapost.com · Fri Aug 21 08:14:30 GMT 2026

काठमाडौं : बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ।
घटनाको विरोधमा अधिकारकर्मी, युवा तथा सर्वसाधारणहरूले शुक्रबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। उनीहरूले गरिमा चौधरीको परिवारसँग प्रशासनले गरेको सहमतिप्रति आपत्ति जनाएका छन्। प्रदर्शनकारीहरूले 'बलात्कारीलाई फाँसी दे', 'हामीलाई १० लाख क्षतिपूर्ति होइन, न्याय चाहियो' जस्ता प्लेकार्डसहित नाराबाजी गरेका थिए।
Read full story at source (annapurnapost.com)