पेट्रोलियम पदार्थको मूल्य यथावत्, १५ दिनमै सवा अर्ब घाटा
barnanmedia.com · Tue Sep 01 21:15:00 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका कारण निगममाथि थप आर्थिक भार परेको जनाएको छ।
निगमले २०८३ भदौ १७ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको हाल कायम खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिएको हो। निगम सञ्चालक समितिको निर्णयअनुसार उपभोक्तामाथि थप मूल्यभार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत् राखिएको जनाइएको छ।
Read full story at source (barnanmedia.com)