ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु
gorkhapatraonline.com · Fri Aug 21 08:29:30 GMT 2026

सर्लाही सदरमुकाम मलङ्गवामा शुक्रबार बिहान ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका –८, नेपाल बैङ्क चोकमा ज १ त ५२४६ नम्वरको ट्याक्टरले ठक्कर दिँदा पैदलयात्रु गोडैता नगरपालिका –५ बस्ने २३ वर्षीया गुरिया कुमारीको मृत्यु भएको हो ।
गुरिया कुमारीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)