कञ्चनपुर जिल्ला धान र गहुँमा आत्मनिर्भर
ratopati.com · Fri Aug 21 09:04:39 GMT 2026

कञ्चनपुर । कञ्चनपुर जिल्ला धान र गहुँमा आत्मनिर्भर भएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलव्ध हुनु, उन्नत बीउको प्रयोग तथा कृषि यान्त्रिकीकरणको प्रयोग बढेकाले खाद्यान्न उत्पादनमा वृद्धि हुँदा आत्मानिर्भर बनेको हो ।
कञ्चनपुरमा गत आव २०८२÷०८३ मा ९१ हजार मेट्रिक टन धान र तीन हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । जिल्लाको कूल भू–भागमध्ये ५६ हजार ३६३ हेक्टर क्षेत्रफलमा खेती गरिन्छ । कूल खेतीयोग्य जमिन ६१ हजार ६२४ हेक्टर क्षेत्रफल छ । ४८ हजार ४९६ हेक्टरमा धान र ३१ हजार २१० हेक्टर क्षेत्रफलमा गहुँ उत्पादन हुन्छ ।
Read full story at source (ratopati.com)