तीन वर्षीया बालिकाको हत्या : कडा कानुन बनाउन सांसदको माग
baahrakhari.com · Fri Aug 21 09:20:43 GMT 2026

काठमाडौं । सांसद मोहम्मद खालिदले बाराकी तीन वर्षीया गरिमा चौधरीको हत्याप्रति दुःख व्यक्त गर्दै कडा कानुन माग गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्थाले अपराधीहरूलाई हतोत्साही बनाउन आवश्यक भएको बताए ।
“बाराकी तीन वर्षीया गरिमा चौधरीको हत्याको घटनाप्रति दुःख व्यक्त गर्दछु र गम्भीर चिन्ता पनि प्रकट गर्दछु,” खालिदले भने, “त्यस्ता घटना हुन नदिन हाम्रा कानुन पर्याप्त छैनन् भने सरकारले कडा कानुन बनाओस् । राष्ट्रियसभाले सरकारलाई सहयोग गर्नेछ ।”
Read full story at source (baahrakhari.com)