रास्वपा बैठक : प्रवक्तामा जगदीश खरेल, सङ्गठन विभाग प्रमुखमा प्रमोद न्याैपाने
ratopati.com · Fri Aug 21 09:29:43 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले विभिन्न विभाग प्रमुखहरूको नाम टुङ्गो लगाएको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पार्टीको सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र अर्थ विभागमा लिमा अधिकारीलाई मनोनीत गरिएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन् भने सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल मनोनीत भएका छन्।
Read full story at source (ratopati.com)