बाल हित र अधिकार लक्षित घोषणापत्र सार्वजनिक
gorkhapatraonline.com · Fri Aug 21 09:32:03 GMT 2026

बालअधिकारको लागि सिकाइ सम्मेलन २०८३ ले ३७ बुँदे घोषणापत्र पारित गरेको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालबालिकासँग काम गर्ने विभिन्न नागरिक सङ्घसंस्था सञ्जाल, विकासका लागि साझेदार संस्थाको समन्वय र सहकार्यमा राजधानीमा आयोजित दुई दिने बालअधिकारको लागि सिकाइ सम्मेलनले बाल हित र अधिकारका क्षेत्रलाई लक्षित गरी उक्त घोषणापत्र सार्वजनिक गरेको हो ।
मङ्गलवार र बुधवार आयोजित कार्यक्रममा ५० जिल्लाका १५० जना भन्दा बढि सहभागी दुई दिने कार्यक्रममा बालबालिका राष्ट्रिय गौरव हुन्, बालविवाहको अन्त्य, बालमैत्री शासन, बाल बजेट कोडको कार्यान्वयन, बालबालिका सम्बन्धी उच्चस्तरीय संयन्त्र, बाल संरक्षण, अनलाइन बाल सुरक्षा, मानसिक स्वास्थ्य, समावेशी शिक्षा, बालश्रम तथा बालबालिका बेचबिखन, सातवटै प्रदेशमा बालबालिकाको स्थिति लगायतका विषयमा छलफल गर्दै सो घोषणापत्र पारित गरेका छन् ।
Read full story at source (gorkhapatraonline.com)