नदी किनारमा थुप्रिएका काठको निगरानी र जफत सुरु
ratopati.com · Tue Sep 01 21:33:31 GMT 2026

चितवन । डिभिजन वन कार्यालय चितवनले भोटेकोशी र त्रिशूली हुँदै नारायणी नदीमा आएको बाढीले नदी किनारमा थुपारेका गोलिया काठ तथा दाउराको निगरानी तथा जफत गर्ने अभियान सुरु गरेको छ । कार्यालयले ज्यानको जोखिम मोलेर वा अवैध रूपमा नदी किनारबाट काठ सङ्कलन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
कार्यालयका प्रमुख एवं वरिष्ठ डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार रसुवा बाढीका कारण पहाडी क्षेत्रका सल्ला र उत्तिस तथा तल्लो तटीय क्षेत्रका सालका ढलेका तथा बगेका काठ–दाउरा नारायणी नदी किनारमा ठुलो मात्रामा थुप्रिएका छन् । नदी किनारबाट स्थानीयवासीले जथाभाबी काठ उठाउन थालेपछि वन कार्यालयले निगरानी र नियन्त्रणको काम सुरु गरेको हो । नदी किनारमा शव भेटिएका बेला मानिसले शवको बेवास्ता गर्दै काठ सङ्कलनका लागि आफ्नो ज्यानै जोखिममा पारेर नदीमा पसेका थिए ।
Read full story at source (ratopati.com)