इन्धनको मूल्य ह्वात्तै घटेपछि घट्ला त गाडिभाडा पनि, के भन्छन् व्यवसायी ?
arthadabali.com · Wed Jul 01 08:04:36 GMT 2026

काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेपछि सार्वजनिक यातायातको भाडा पनि घट्ने अपेक्षा बढेको छ। यद्यपि, यातायात व्यवसायीहरूले भने भाडा तत्काल घटाउने वा नघटाउने निर्णय सरकारको अधिकारक्षेत्रभित्र पर्ने भन्दै स्वचालित प्रणालीअनुसार भाडा समायोजन गर्न माग गरेका छन्।
नेपाल आयल निगमले बुधबारदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाएको छ। इन्धनको मूल्यमा आएको यो कमीपछि सार्वजनिक सवारीसाधनको भाडा पनि घट्नुपर्ने आवाज उठ्न थालेको हो।
Read full story at source (arthadabali.com)