निरन्तर घट्दै वाणिज्य बैंकहरुको बेस रेट, कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?
arthasansar.com

वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार ओरालो लागिरहेको छ ।
बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता, कर्जाको कमजोर माग र निक्षेपको ब्याजदरमा आएको निरन्तर गिरावटले गर्दा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकहरूको बेस रेट घटेको हो । चालु आर्थिक वर्षको वैशाख, जेठ र असार महिनाको औसत बेस रेट पहिलो पटक ५ प्रतिशतभन्दा तल झरेर ४.९७ प्रतिशत कायम भएको छ । बैंकहरूले यही त्रैमासिक औसत आधार दरमा निश्चित प्रिमियम थपेर आगामी महिनाको कर्जाको ब्याजदर तय गर्ने भएकाले नयाँ ऋण लिनेहरू तथा परिवर्तनीय ब्याजदरमा कर्जा लिएका पुराना ऋणीहरूलाई समेत ठूलो राहत पुग्ने देखिएको छ । हाल बैंकहरूले कर्जाको प्रकृति र वर्गीकरण हेरी आधार दरमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् ।
Read full story at source (arthasansar.com)